खबर
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन् । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक गतिविधिमा महिला सहभागितालाई प्राथमिकतामा राखेर समतामूलक समाज निर्माणतर्फ देश अग्रसर रहेको बताए । “शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवालगायत हरेक क्षेत्रमा महिला सहभागिता हुँदा समतामूलक समाज निर्माण गर्न सकिन्छ । महिलालाई राजनीतिक नेतृत्वमा सहभागी गराई नीति निर्माण तहमा पनि समान प्रतिनिधित्व आवश्यक छ”, प्रधानमन्त्री दाहालले भने । संविधानले नै…
रूपान्तरणको अभियानलाई दूरदराजमा पुर्याउन आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्याउन आवश्यक रहेको बताएका छन् । शनिबार दिउँसो काठमाडौँमा “लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जे”को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने, “शहरकेन्द्रित शैक्षिक युवाहरूमा मात्र होइन, दूरदराजमा रहेका, परिवर्तनप्रति अभिरूचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्याउनसक्ने बिपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता छ।” सो अवसरमा प्रधानमन्त्रीले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक–आर्थिक चुनौतीहरू छिचोल्दै सामाजिक न्याय, सुशासन र…
आफू स्वस्थ हुन आफ्नो ठाउँ आफै सफा गर्नुपर्नेः श्रेष्ठ
निकासखबर संवाददाताभक्तपुर । आफ्नो ठाउँ आफैले सफा गरे मात्र आफू स्वस्थ हुने बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताएका छन् । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ खड्का डिल देखि मनोहरा स्कुल सम्म सफाइ कार्यक्रममा उनले आफ्नो ठाउँ आफै सफा नगरे कहिले पनि सफा नहुने बताएका हुन् । उनले आफ्नो ठाउँ आफैले सफा नगर्ने हो भने आफैलाई रोगले समात्ने बताउँदै उहाँले हामी आफै मिले आफ्नो टोल छिमेक सफा हुने बताए । मनोहरा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा समुदायका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सरसफाइ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य श्रेष्ठले मरेका जीव जन्तुहरू तथा घर बाट…
विश्व गुरुङको उपचारको लागि स्टार नेपाल ग्रुपद्वारा आर्थिक सहयोग
निकासखबर संवाददातापोखरा । पोखरा महानगरपालिका वडा नं. ११ फुलवारीस्थित विश्व गुरुङको उपचार गर्नका लागि आर्थिक सहयोग गरिएको छ । ढाडको उपचारमा आर्थिक समस्या भएपछि स्टार नेपाल सहयोगी ग्रुपले ६८ हजार २०० रुपैयाँ पीडितलाई सहयोग गरेको हो । मलेसियामा रहेका हरि पाण्डेको संयोजकत्वमा जुटेको रकम ग्रुपको तर्फबाट रकम हस्तान्तरण गरिएको छ । बिहिवार उपचातत गुरुङलाई उक्त रकम हस्तान्तरण गरिएको संयोजक हरि पाण्डेले जानकारी दिए । उनका अनुसार विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की जिल्ला शाखाको अध्यक्ष बिमला भन्डारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितलाई स्टार नेपाली सहयोगी ग्रुपले धन्यवाद ज्ञापन गरेको छ…
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छुः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्व दिएको बताएका छन्। शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए। प्रधानमन्त्रीले भने, “मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य…

