खबर

पत्रकार महासंघ सुनसरीका अध्यक्ष राई पक्राउ
निकासखबर संवाददाता

सुनसरी । प्रहरीले नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई पक्राउ गरेको छ । बिहीवार कोशी प्रदेश खारेजको माग गर्दै प्रदेशभा अगाडि कविता बाचन गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो । राईसँगै सञ्जय याख्खालाई पनि प्रहरीले पक्राउ गरेको छ । राई र याक्खाले प्रदेशसभा भवन अगाडि कोशी प्रदेश खारेजीको माग गर्दै कविता बाचन गरेका थिए ।

उपराष्ट्रपति पुन निजी निवासमा
निकासखबर संवाददाता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन लैनचौरस्थित उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका छन्  । उनी आज अपराह्न १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकस्थित निजी निवासमा सरेका हुन् । नेपालको संविधानबमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेका सन्दर्भमा निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि उपराष्ट्रपति आजै निजी निवासमा सर्नुभएको उहाँको प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए  । निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै कार्यालयमा पुग्ने छन्  ।

सिन्धुली दुर्घटनामा भएका घाइतेलाई हेलिकोप्टरबाट उद्धार
निकासखबर संवाददाता

सिन्धुली । सिन्धुली–चकमके सडक खण्ड अन्तरगत तिनपाटन गाउँपालिका २ गैरीमा बोलेरो र मोटरसाइकल एक आपस ठोक्किंदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिजाली रहेका छन् । बिहीबार बिहान तिनपाटन ९ आम्बोटेबाट सिन्धुलीमाढीतर्फबाट आउँदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्बरको बोलेरो र सिन्धुलीबाट तिनपाटनतर्फ जाँदै गरेको ग ८ प ६४५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा मोटरसाइकल चालक तेजबहादुर सिजाली गम्भीर घाइते भएका हुन्। गम्भीर घाइतेको थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते सिजालीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि फिस्टेल एयरको नाइनएन एजिआर हेलिकोप्टर मार्फत…

चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
निकासखबर संवाददाता

काठमाडौं । सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । गत फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको…

सरकारी कर्मचारी नै स्ववियु निर्वाचनमा एमाले अखिलको उम्मेदवार
निकासखबर संवाददाता

काठमाडाैं ।  पोखरा नर्सिङ क्याम्पसमा सरकारी कर्मचारी नै स्ववियु निर्वाचनमा उम्मेदवार भएको पाइएको छ । पोखरा नर्सिङ क्याम्पसमा बेनी अस्पतालपमा कार्यरत पाँचौँ तहकी स्थायी कर्मचारी स्टाफ नर्स स्ववियु निर्वाचनमा उमेदवार भएको पाइएको हो । निजामती किताबखानाको कर्मचारी संकेत नम्बर २२२८४८ रहेको अञ्जना अधिकारी बिएन अध्ययनका लागि तलबी बिदामा नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत हाल चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत रहेकी छन् । सरकारी तलबसहित छात्रवृत्ति अध्यन बिदा पाएकी उनी नेकपा एमालेको भ्रातृसंस्था एमाले अखिलको तर्फबाट चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवार बनेकी हुन् । यस्तै, दिपिका धिताल रुकुम पूर्व जिल्ला अस्पतालमा कार्यरत स्थायी स्टाफ नर्स हुन् । पाँचौँ तहकी धितालको…