खबर

सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्छः कर्णजीत बुढा
निकासखबर संवाददाता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गरेका कर्णजीत बुढाले सबै क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा हुनु पर्ने बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै बुढाले माओवादी घटक एक ठाउँमा आउने वित्तिकै देशी विदेशी प्रतिक्रियावादीहरुलाई १०९ डिग्रीको ज्वरो आएकोले माओवादीहरुलाई एकतामा आउन नदिन देशी विदेशी तत्वहरु लागि परेको बताए । उनले माओवादी घटक एक ठाउँमा आउँदा कसैलाई १०९ डिग्रीको ज्वरो आइसक्यो । माओवादीहरु यो देशको नेतृत्वमा नआउन भनेर देशी विदेशी तत्वहरु लागि परेका बताए । बुढाले भने, ‘विदेशी तत्वका विरुद्धमा जान एकता गरेका छौं । यो व्यक्तिको चासो र चिन्ताको विषय होइन । त्याग, तपस्या र बलिदानको विषय हो…

स्ववियु निर्वाचन: ६६ क्याम्पसमा निर्विराेध, अखिल क्रान्तिकारी ३२ क्याम्पसमा
निकासखबर संवाददाता

काठमाडाैं । विद्यार्थी संगठनहरूले स्ववियु चुनावको प्रचारप्रसारमा तीव्र रूपमा अघि बढाएका छन् । स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरूमा  चैत ५ मा हुने निर्वाचनका लागि संगठनहरुले चुनाव प्रचार तिब्र पारेका हुन् । चुनावअघि नै केही क्याम्पसहरूमा स्ववियुमा विद्यार्थी संगठनका उम्मेदवार सभापतिसहित कार्यसमितिमा निर्विरोध निर्वाचित पनि भएका छन् । विद्यार्थी संगठनको क्याम्पसमा रहेको बाहुल्यताका आधारमा केही ठाउँमा निर्विरोध स्ववियु कार्यसमिति चयन भएका छन् । अहिलेसम्म स्ववियुमा निर्विरोध निर्वाचित हुनेको अग्रस्थानमा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारी रहेकाे छ । दोस्रोमा अनेरास्ववियु रहँदा तेस्रो स्थानमा नेपाल विद्यार्थी संघ छ । ३२ वटा क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियु क्रान्तिकारी निर्विरोध निर्वाचित भएको क्रान्तिकारीकी अध्यक्ष पञ्चा…

श्रीमानको मृत्यु प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता!
निकासखबर संवाददाता

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् । मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएका हुन् । खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए। त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र…

उपराष्ट्रपति निर्वाचनको मतपत्र सार्वजनिक
निकासखबर संवाददाता

काठमाडौं ।निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । मतपत्रमा उमेदवारको नाम र फोटो रहेको छ । मतपत्रको पहिलो नम्बरमा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेकी अष्टलक्ष्मी शाक्य, दोस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेकी प्रमिला यादव, तेस्रो नम्बरमा जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झा र चौथो नम्बरमा जसपाका तर्फबाट उमेदवार बनेका रामसहाय यादवको नाम र तस्बिर छ । प्रमिलाले रामसहायलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय भएको बताइसकेकी छिन् । निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदहरूका लागि छुट्टाछुट्टै मतपत्र रहनेछ । संघीय सांसदहरूले सेतो पृष्ठभूमिमा गुलाबी रङ…

प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने
निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । एमाले लगायतका केही दलहरुले सरकारलाई दिएको समर्थनफिर्ता पछि पञ्धानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले समर्थन कायमै राखेको छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने र उक्त दिन प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीहरुलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको बताइएको छ ।