खबर

अध्यक्षकै निर्देशनमा गाउँ पालिका कार्यालयमा तालाबन्दी
निकासखबर संवाददाता

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार पालिकाको कार्यालयमा तालाबन्दी भएको छ। जनप्रतिनिधि आएपछि जिल्ला सबैभन्दा विवादित यो गाउँपालिकामा गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा तालाबन्दी भएको हो । नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए । कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनको भनाइ छ । अध्यक्ष मण्डलले महिलाहरु ल्याएर आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयका आरोप छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि पालिका अध्यक्ष…

बारको २५ पदमा ७५ जनाको उम्मेदवारी
निकासखबर संवाददाता

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्षमा आठ जनाले उम्मेदवारी दिएका छन् ।  अध्यक्षका लागि वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैँजु श्रेष्ठ, अधिवक्ता उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राईले उम्मेदवारी दिएका हुन् । यस्तै महासचिवमा ६ जनाले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकले जानकारी दिए । महासचिवका उमेद्वारमा राधेश्याम सुवास, केदारप्रसाद कोइराला, त्रिलोकबहादुर चन्द, उमेश प्रसाद, अञ्जिता खनाल र इन्द्रबहादुर अधिकारी रहेका छन् भने कोषाध्यक्षमा जगतबहादुर कार्की र गोविन्दराज उपाध्यायले उम्मेदवारी दिएका छन् । आगामी चैत १९ गते हुने निर्वाचनका लागि २५ पदमा ७५…

बस्नेत र राणामाथि भएको हिंसाप्रति पत्रकार महासंघको आपत्ति
निकासखबर संवाददाता

काठमाडौं । मिडिया एड्भोकेसी गुप्रको संस्थापक अध्यक्ष, वरिष्ठ पत्रकार तथा सम्पादक बबिता बस्नेत र महिला अधिकारकर्मी बन्दना राणा विरुद्ध सामाजिक सञ्जालमा आएका नकारात्मक टिप्पणी प्रति पत्रकार महासंघले निन्दा गरेको छ । घटना र बिचार साप्ताहिकमा फाल्गुन १८ गते प्रकाशित भएको ‘बलात्कारसम्बन्धी कानुनको समीक्षा गरौँ’ भन्ने शीर्षकमा छापिएको समाचारलाई लिएर केही महिला अभियन्तासहितले समूह बनाएर बस्नेतको चरित्रहत्या गर्ने तरिकाले #BoycottBabitaBasnet भनेर एक सय १९ जनाको हस्ताक्षर सहित बहिष्कार अभियान चलाएका थिए । यस्तै उक्त समहुले धम्कीपूर्ण चेतावनीसहित राणा र बस्नेतलाई सामाजिक बहिष्कार गर्न तथा राष्ट्रसङ्घीय प्रतिनिधित्वबाट राणालाई हटाउन माग गर्दै #BoycottBandanaRana लेखेको विज्ञप्ति सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एक भएर उनीमाथि…

जनस्वास्थ्य प्रयोगशालामा डेङ्गु परीक्षण निःशुल्क
निकासखबर संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेङ्गु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको हो । लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । प्रयोगशालामा यसअघि कोरोनाभाइरस संक्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । विदेशबाट आएका, लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताए । तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन्…

गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न सकेनौँः प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको बताएका छन् ।  बुधबार काठमाडौंमा पार्टीनिकट नेपाल उद्योग व्यवसायी महासंघको कार्यक्रममा बोल्दै उनले पयस्तो बताएका हुन् । उनले माओवादी केन्द्र समाजवादोन्मुख समाज निर्माण गर्ने पार्टी भए पनि आक्रमक ढंगले प्रचार हुन नसकेको बताउँदै प्ररिवर्तनको प्रमुख संवाहक माओवादी भए पनि आक्रमक ढंंगले समाजमा स्थापित गर्न नसकेको बताए । अध्यक्ष प्रचण्डले हामीभित्रको भएको अन्तरविरोध तथा हामी गुटबन्दीमा हराएर परिवर्तनको संवाहक बन्न र शक्ति परिचालन गर्न नसकेको भन्दै पार्टीले विधान संशोधन गरेर केन्द्रीय कमिटीमा व्यवसाथी, चिकित्सक, इन्जिनियरलगायत समाजका क्षमतावान् व्यक्तिहरूलाई…