खबर

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष एमालेबाट निष्कासित
निकासखबर संवाददाता

बैतडी ।बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई नेकपा (एमााले) ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । मंगलबार एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । ‘पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको…

एमसीसीबारे जथाभावी नबोल्न माधव नेपालको निर्देशन
निकासखबर संवाददाता

काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समावजादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विरोधमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्टाटसहरू फिर्ता लिन आग्रह गरेका छन्। एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न चेतावनी दिएका हुन् । काठमाडौंमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न नेताहरूलाई निर्देशन दिएका छन् । एमसीसीविरुद्ध अभिव्यक्त विचार फिर्ता लिन नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन ।…

‘बुलाकी’मा सुरक्षाको कर्णाली लुक्स
निकासखबर संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’ को पहिलो मुहार सार्वजनिक भएको छ । पहिलो मुहारमा अभिनेत्री सुरक्षा पन्तलाई प्रस्तुत गरिएको छ । कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फस्टलुकमा सुरक्षालाई कर्णाली भेगकी महिलाको रुपमा देखाइएको छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व। मोति विष्ट प्रस्तुतकर्ता छन् । डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ । छत्रेश्वरी मेनेजमेन्टको…

अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान
निकासखबर संवाददाता

 झापा । झापाको अर्जुनधारा नगरपालिकाले नगरपालिका भित्रका अन्तरजातिय विवाह गर्ने दम्पत्ती सम्मान गरको छ । नगरपालिकाले ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिका भित्र रहेका अन्तरजातिय विबाह गर्ने दम्पतीलाई सम्मान गरेको हो । यस अघि कसैले पनि सम्मान नगरेको हामीलाई पहिलोपटक अर्जुनधारा नगरपालिकाबाट सम्मान पाउँदा धेरै खुशी भएको वैवाहिक वर्षगाँठको ३९औं वसन्त पार गरेका धनबहादुरले बताए । नगरपालिकाले अन्तरजातिय विवाह गर्ने दम्पत्तीलाई छनौट गरि सुरु गरेको सम्मान कार्यक्रम राम्रो भएको र यसले निरन्तरता पाउनुपर्ने अर्जुनधारा–८ निवासी ३५ वर्षीय निरज रसाइलीले बताए । त्यसैगरी अन्य सम्मानित दम्पत्तीहरुमा अर्जुनधारा–२ निवासी योगेन्द्र दर्जी र इन्द्रमाया तामाङ, अर्जुनधारा–३ निवासी कल्पना गहतराज, अर्जुनधारा–६ निवासी वृहस्पति वि.क….

श्रमिक दिवसको अवसर पारेर महिला फुटबल संघकी अध्यक्षलाई सम्मान
निकासखबर संवाददाता

झापा । झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो । देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा. डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए । आयोजकले आज मंगलबार महिला दर्शकलाई…