खबर
तरकारी खेतको टहरोमा भेटीएको महिलाको शवको पहिचान खुल्यो
निकासखबर संवाददाताकाठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ स्थित तरकारी खेतको टहरोमा हत्या गरिएको अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव काभ्रेको नमोबुद्ध–९ स्थायी घर भई भक्तपुर नगरपालिकास्थित नागपोखरी क्षेत्रमा डेरा गरि बस्ने २८ वर्षीया जेनिसा नगरकोटीको भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमानले उनको सनाखत गरेका भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले बताए । तरकारी खेतमा काम गर्न जाने व्यक्तिले टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव देखेपछि मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटी अगाडि गहिरो चोट रहेको छ । शरिरका अन्य विभिन्न भागमा पनि चोट रहेको डीएसपी पाण्डेले बताए । प्रहरीले आइतबार बिहानको समयमा नगरकोटीको हत्या भएको हुन…
निर्वाचन आयोगको निर्णयप्रति केपी ओलीको आपत्ति
निकासखबर संवाददाताकाठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो राख्न नहुने बताएका हुन् । सम्वोधनका क्रममा उनल भने ‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने रु रुखैरुख देखियोस् भनेर रु तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’ उनले यस कार्यालाई सच्याउनु पर्ने बताउँदै एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको बताएका थिए ।…
भारतमा थपिए चार हजार ३६२ जना कोरोना सङ्क्रमित
निकासखबर संवाददाताएजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका हुन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९४८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.१२ प्रतिशत रहेको समाचारमा जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा आठ हजार ५५ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।
युक्रेन छाड्नेको संख्या २० लाख नाघ्यो
निकासखबर संवाददाताकाठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेन छोड्ने मानिसको सङ्ख्या २० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बीबीसीलाई बताएको छ। शरणार्थीसम्बन्धी मामिला हेर्ने राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनबाट ठूलो सङ्ख्यामा मानिसहरूले देश छोड्नुलाई दोस्रो विश्वयुद्धपछि युरोपमा देखिएको सबैभन्दा ठूलो शरणार्थी सङ्कट भनेका छन्।
पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गमा झुन्डियो
निकासखबर संवाददाताजुम्ला । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालयले जुम्लाका बालबालिकाका लागि पठाएको पौष्टिक आहार बोकेको ट्रक कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकास्थित एस मोडमा झुण्डिएको छ । ट्रकको ५० प्रतिशत भाग सडकबाट बाहिर गएपछि उद्धारको प्रयास भइरहेको छ । गत आइतबार दिउँसो नेपालगन्जबाट आउँदै गरेको ना४ख २८६० को ट्रक एस मोडमा स्पेस नपुग्दा सडकबाट बाहिर निस्केको हो । तर, खस्नबाट भने जोगिएको छ ।कर्णाली राजमार्गस्थित हुल्म अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तिलकबहादुर डाँगीका अनुसार स्टिलवार वालमा ट्रकको अघिल्लो भाग अड्किएकाले दुर्घटनाबाट जोगिएको र चालक सहकुशल छन् । उनले दुर्घटनाको खबर पाउने बित्तिकै प्रहरी त्यस क्षेत्रमा पुगेको…

