खबर
सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी
काठमाडौ, १६ भदौ २०८० ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । काठमाडौँ महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने उनले चेतावनी दिएका हुन् । सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ’
माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान सुरु, प्रचण्डले भर्चुअलमार्फत गरे उद्घाटन
निकासखबर संवाददातासत्तारुढ दल माओवादीले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एकैसाथ ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले अभियानको उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गरे । दिउँसो १ बजेबाट औपचारिक रुपमा शुरु गरिएको अभियानमा सबै शीर्ष नेताहरू वडावडामा पुगेका थिए । प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडाको कार्यक्रममा सरिक भए । गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय…
विगत ८ वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा
काठमाडौं, १५ भदौ २०८० ।विगत आठ बर्षदेखि बन्द नेपाल – चीन बीचको महत्वपूर्ण तातोपानी नाका आजबाट मानव आवतजवतका लागि खुला गरिएको छ । ७२ सालको महाभुकम्प, भोटेकोशी बाढीपछि बन्द प्रमुख व्यापारिक नाका तातोपानी शुक्रबार विहानबाट स्थानीयका लागि आवतजावत खोलिएको हो । नाकासंचालनको दिन आज विहान भएको एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य माधव सापकोटा लगायत चीनिया दुतावासका अधिकारीहरु तातोपानी मितेरी पुल पुगेका थिए । पहिलो दिन भोटेकोशी गाउँपालिकाभित्रका ३० जना स्थानीयलाई नाका प्रवेश गराएर औपचारिकरूपमा नाकामा प्रवेश गराइयो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो । यसअघि आयातनिर्यात पटक-पटक खुल्दै र बन्द…
कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा
काठमाडौं, १५ भदौ २०८० ।कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा परेको छ । रिटको सुनुवाइ सर्वोच्चका अनुसार इजालस नं – १ को ग पेशी तोकिएको हो। कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी ताकिएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत…
नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द
काठमाडौं, १४ भदौ २०८० ।नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै काठमाडौं महानगरका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन । चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा चुच्चे नक्सा हटाएकोमा विरोध जनाउदै चीन भ्रमणमा नजाने निर्णय गरेका हुन । मेयर बालेन शाहले सामाजिक सञ्चालमा एक स्टाटस लेख्दै भनेका छन् ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलता माथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’ चीनको निमन्त्रणामा मेयर साह ५…

