खबर
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले एकैसाथ मागे सरुवा
काठमाडौं, १३ भदौ २०८० ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ कर्मचारीहरूले एकैसाथ सामहिक राजीनामा माग गरेका छन् । भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै ३५ अधिकृतसहितका कर्मचारीले सरुवा मागेका हुन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सामूहिक सरुवामाग गरिएको कर्मचारीले निवदेनमा उल्लेख गरेका छन् । ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ निवेदनमा भनिएको छ । ‘कर्मचारीहरूले निरन्तररूपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक बिदाका दिनहमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानूनबमोजिम नियमित रूपमा कामकाजमा खटिएका छौं । कामकाजको सिलसिलामा भन्सार…
एमालेका शीर्ष नेता चढेको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता
काठमाडौं, १३ भदौ २०८० ।नेकपा एमालेका शीर्ष नेताहरूलाई लिएर जनकपुर उडेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ । सिरहा हुने सचिवालय बैठकका अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता उक्त विमानमार्फज जनकपुर जाँदै थिए । उडान नम्बर ५०१ जहाज ९ एन एजेडओमा प्राविधिक समस्या देखिएकाले काठमाडौंमा अवतरण गराई अर्को जहाजमा जनकपुर पठाउन लागिएको बुद्ध एयरले जनाएको छ ।
गुडिरहेको गाडीमाथि पहिरो खस्यो, ३ जनाको मृत्यु
पाल्पा, १३ भदौ २०८० ।पाल्पाको रिब्दीकोटमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कार्पियोमाथि पहिरोसँगै ढुंगा खसेको हो । स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । स्कार्पियोमा सबार ८ जनालाई उद्धार गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
भन्सार र विद्युत विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
काठमाडौं, १२ भदौ २०८० ।सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन । लामो समयदेखि विद्युत विधेयकको माग हुँदै आएको थियो । निजी क्षेत्रका ऊर्जा उद्यमीले समेत तत्काल नयाँ कानून ल्याउन सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारले यसअघि अघिल्लो संसद्मा नै सो विधेयक पेस गरेको थियो । तत्कालीन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सो विधेयक राष्ट्रियसभामा पेस गरेकी थिइन। सङ्घीय संसद्को कार्यकाल सकिएका कारण सो विधेयक प्रक्रियामा जान सकेको थिएन । ऊर्जामन्त्री…
नौमुर जलविद्युत आयोजनाको ८२ प्रतिशत रकम फ्रिज
अर्घाखाँची, १२ भदौ २०८० ।लुम्बिनी प्रदेशका पाँच जिल्लालाई प्रत्यक्ष फाइदा पुग्ने ‘नौमुरे’ बहुउद्देश्यीय जलविद्युत आयोजनाको काम अगाडि नबढ्दा ८२ प्रतिशत रकम फ्रिज भएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८, सातमारामा रहेको आयोजनाले गत आर्थिक वर्ष २०७९/८० मा बजेटको कूल ८२ प्रतिशत रकम फ्रिज भएको छ । १७ दशमलव ४७ प्रतिशत रकम मात्र खर्च गरेको छ । आयोजनाको काम अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो । चालु र पुँजीगत गरेर रु छ करोड ७९ लाख ५३ हजार रकम विनियोजन भएकामा जम्मा रु एक करोड १८ लाख ७६ हजार खर्च भएको नौमुरे बहुउद्देश्यीय आयोजना अर्घाखाँचीका प्रमुख जयराम प्रजापतीले बताए । चालु खर्चतर्फ रु एक करोड ८५…

