खबर
नेपाल एयरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु
काठमाडौं, १२ भदौ २०८० ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको हो । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । काठमाडौं ल्याएका हङकङ जाने यात्रु ११ बजेको उडानमा र दिल्ली जाने यात्रु दिउँसो १ बजे निगमकै कनेक्टिङ उडानमामार्फत गन्तव्यतर्फ पठाइनेछ । यसका लागि भदौ १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार…
संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौं, १२ भदौ २०८० ।मंगलबार आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको छ । बैठकमा प्रधानमन्त्रीलाई बढीमा १५ जना सांसदले प्रश्न सोध्न पाउने छन । सांसदहरुलाई समुह समुहमा विभाजन गरेर प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिएको छ । जस अनुसार आज दोस्रो समुहमा रहेका सांसदहरुले प्रश्न सोध्ने भएका हुन । उक्त प्रश्नको प्रधानमन्त्रीले आज नै प्रश्नहरुको जवाफ दिने छन । बैठक बिहान ११ बजे बोलाइएको छ ।
निर्वाचनको नौ महिनापछि संसदीय समितिले पाए सभापति : सबैले लिए सपथ
काठमाडौं, ११ भदौ २०८० ।प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आयोजित समारोहमा उनीहरूलाई शपथ गराएका हुन् । सोमबारै १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका थिए । जसअन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् । त्यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्वाचित भएका…
भ्रष्टाचारविरूद्धको अभियान प्रदेश र स्थानीय तहमा बिस्तार गरौँ : प्रधानमन्त्री
काठमाडौं, ११ भदौ २०८० ।प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन कायम गर्ने कार्यभार सिंगो देशको भएको बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संघीय सरकारले प्रारम्भ गरेको भ्रष्टाचार निवारण र सुशासन स्थापित गर्न चालेको कदम प्रदेश र स्थानीय तहमा समेत बिस्तारित गर्दै दण्ड र पुरस्कारको प्रणालीलाई स्थापित गर्न, राम्रो काम गर्नेहरूलाई प्रोत्साहित गर्न र आम जनसमुदायमा…
भुटानको ड्रुक एयरले पोखरा उडान भर्ने
पोखरा, ११ भदौ २०८० ।भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार ड्रुक एयरको न्यारोबडी जहाजले चार्टर्ड उडान भर्ने जानकारी दिए । चार्टर्ड उडानको रिपोर्टका आधारमा ड्रुकले भुटानबाट नियमित उडानको आश्वासन दिएको प्राधिकरण जनाएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी २०२३ का दिन उद्घाटन भएको यो विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय व्यवसायिक एउटा चार्टर्ड उडान मात्र भएको छ ।

