खबर
सर्वोच्चमा अब स्वचालित पेशी तारिख : प्रधानन्यायाधीश श्रेष्ठले गरे शुभारम्भ
काठमाडौं, ११ भदौ २०८० ।सर्वोच्च अदालतमा स्वचालित पेशी तारिख प्रणालीको शुरुवात भएको छ । सोमबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । स्वचालित प्रणालीको शुरूवातसँगै अदालतमा सुशासन कायम गर्न मद्दत पुग्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । ‘अदालतका हरेक काम, कारबाहीहरू विशेषगरी मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिख र हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ’ उनले भने, ‘त्यो सबै कुराहरू प्रविधिमा आवद्ध छन । प्रविधिमा आवद्ध भएको हुनाले यसले सुशासनको व्यवस्था गर्छ । त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ ।’ अदालतमा स्वचालित पेशी तारेख प्रणाली…
आइसिटी फोरम गठन : प्रधानमन्त्री प्रचण्डले रिमोट थिचेर गरे उद्घाटन
काठमाडौं, १० भदौ २०८० ।नेकपा (माओवादी केन्द्र) ले आइसिटी फोरम गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरेका हुन् । नेकपा माओवादी केन्द्रको पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आइसिटी फोरमको गठन गर्ने निर्णय गरिएको हो । फोरमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले हल्लाका भरमा संगठन गठन गर्ने कार्यलाई निरुत्साही गरी सकारात्मक काम मार्फत पार्टीलाई जनतामा स्थापित गर्न सो सङ्गठन गठन गरिएको बताए । अहिलेको युग सुचना प्रविधिको युग भएको भन्दै अध्यक्ष प्रचण्डले आइसिटी फोरमको माध्यमबाट सङ्गठन ग्रास रुटसम्म बिस्तार हुने धारणा राखे…
गौर हत्याकाण्डको छानबिन नरोकिने गृहमन्त्री श्रेष्ठको प्रष्टोक्ति, गिरीबन्धु टि स्टेटको अनुसन्धान पनि जारी
काठमाडौं, १० भदौ २०८० ।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहमति अनुसार नै छानबिन गरी दोपीलाई कारबाही गरिने प्रस्ट पारे । सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले पीडित पक्षसँग सरकारले गरेको ५ बुँदे सहमती अनुसार छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । त्यस्तै गिरीबन्धु टि स्टेट प्रकरणका सम्बन्धमा पनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठले सरकार देशमा कानुनी शासन स्थापित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सुशासनमार्फत देशलाई समृद्ध…
संसदीय समितिको सभापतिमा माओवादीबाट सापकोटा र सुवेदी
काठमाडौं, १० भदौ २०८० ।काठमाडौँ । संसदीय समितिको सभापतिमा नेकपा माओवादी केन्द्रले माधव सापकोटा र विमला सुवेदीलाई सभापति बनाउने भएको छ । संसदको १० वटा विषयगत समितिमध्ये दुई वटामा सापकोटा र सुवेदीलाई सभापति बनाउने भएको हो । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएको थियो । सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद सापकोटालाई पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । सभापतिको मनोनयन दर्ताका लागि आइतबार बिहान ११ बजेदेखि दिउँसो ४ बजे समय तोकिएको छ ।
अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित
निकासखबर संवाददाताअर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीईएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन । क्यानडाको भ्यानकुभरमा जारी जीईएफको ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट अर्थमन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याण्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । मन्त्री महतले विश्व वातावरण कोषको साधारणसभालाई सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत भाग वनका रुपमा संरक्षण गरी स्वच्छ अक्सिजन प्रवाह गरेको बताए । मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको र त्यसको नतिजास्वरुप बाघ तथा गैंडाको संख्या उल्लेख्यरूपमा वृद्धि भएको बताए । नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्रि सेल्सियसले बढ्ने…

