खबर
कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !
निकासखबर संवाददाताकाठमाडौं । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उनले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आशन र बोलिरहेको सदस्यको बीचबाट हिँड्नसमेत नहुनेजस्ता कुरा उल्लेख गरिएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित तुल्याउने हेतुले त्यस्ता धेरै प्रावधान समेटिएका हुन् । सत्तापक्ष र विपक्ष सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसदमा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ । अमर्यादित होइन, शिष्ट हुनु पर्छ नेकपा (एमाले) संसदीय दलका उपनेता…
नेपालमा कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैनः मन्त्री मोदी
निकासखबर संवाददाताकाठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालमा कुनबेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्् । मन्त्री मोदीले सञ्चार माध्यममा आएजस्तो आफूलाई फिर्ता बोलाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट नभएको पनि मोदीको भनाइ थियो । पार्टीबाट मन्त्रिपरिषद्मा थारू समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास रहेकको भनाइ थियो । आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरू गरेको मोदीको भनाइ…
बसकाे ठक्करबाट स्कुटर चालकको मृत्यु , आक्रोशित स्थानीयले लगाए बसमा आगो
निकासखबर संवाददाताविराटनगर । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट गइरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् । मोरङ उर्लाबारी नगरपालिका ३ नयाँ मङ्गलबारेमा मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर बाट स्कुटर चालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले बताए । चालक झापा कनकाई नगरपालिका ३ बस्ने वर्ष ३२ को टंक प्रसाद सुबेदी इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
परिवारकै कारण बाल श्रमिक बन्न बाध्य छन् : अभियान्ताहरु
पुष्पा महराकाठमाडाैं, जेठ २५ । समाजसेवा तथा मानवअधिकार संस्था ‘वुमन एन्ड चिल्ड्रेन इन सोशल सर्भिस एण्ड ह्युमन राइट्स’ (सिभिस) को तर्फबाट श्रमिक बालबालिकाका समस्या तथा त्यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘बालश्रम निवारणका सम्बन्धमा नेपालको लक्ष्य, प्रगति र चनौती विशेयक’ प्यानल छलफल कार्यक्रममा सहभागीहरुले बालश्रम न्यूनीकरण तथा बालअधिकारका बारेमा अगामी दिनहरुमा कसरी जाने भनेर छलफल गरेका छन् । नेपालमा आज पनि बालश्रमिकको संख्या उल्लेख्य रहेको र धेरै श्रमिक बालबालिका आफ्नो कार्यक्षेत्रमा अमानवीय हिंसाको सिकार भएप्रति सरोकारवालाहरुले दुःख व्यक्त गरेका छन् । बाल श्रमविरुद्ध कानुनहरु निर्माण भएपनि त्यो कार्यान्वयन हुन नसक्दा अझै पनि बालश्रमिकहरुको…
दिनेले दिएपछि ढुङ्गा भए नि लिनुपर्छ, यो त मुर्रा हो : हर्क साम्पाङ
निकासखबर संवाददाताकाठमाडाैं । सदन देखी सडक सम्म मुर्रा राँगाको विषयले चर्चा पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणसँगै मुर्रा राँगाको विषयलाई लिएर विभिन्न खिसीटिउरी भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा प्रधानमन्त्रीको भ्रमणलाई ‘राँगा ल्याउन चाहिँ सफल’ भनेर उडाउने धृष्टता गरेका थिए । सदन देखी सामाजिक सञ्जाल सम्म तातिइरहेका बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका छन् । उनले सामाजिक सञ्जाल फेस्वुकमा स्ट्याटस लेख्दै मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका हुन । उनले लेखेका छन् । ‘दिनेले दिए पछि ढुङ्गा भए नि लिनपर्छ, यो त मुर्रा हो मुर्रा !,’…

