खबर
निर्माणाधीन बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र
निकासखबर संवाददाताउदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट बजारस्थित वडा नं १२ मा निर्माणाधीन नयाँ बसपार्कको टर्मिनल भवन दुई वर्षदेखि अलपत्र परेको छ । यहाँ निर्माणाधीन साढे दुई तले अत्याधुनिक टर्मिनल भवन निर्माण कम्पनीका ठेकेदारले बीचमा काम छाडेपछि दुई वर्षदेखि अलपत्र परेको हो । सप्तरीस्थित सघन सहरी विकास भवन निर्माण कार्यालय राजविराजले हेर्ने गरी विसं २०७६ असारमा निर्माण कम्पनी रमण आइएसएनवी जेभी कन्स्ट्रक्सन प्राली जनकपुरसँग सम्झौता भई निर्माण सुरु गरिएको भवन निर्माण आयोजनाका प्रमुख इञ्जिनियर सचिन्द्र देवले जानकारी दिए । भ्याट करबाहेक १२ करोड ४९ लाखमा उक्त निर्माण कम्पनीले ठेक्का लिएर काम थालेको चार वर्ष हुन लाग्दा अहिलेसम्म भवन निर्माण अलपत्र रहेको…
२ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ
निकासखबर संवाददाताललितपुर । २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याल रहेका छन् । उनीहरुले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोप छ । पक्राउ परेका अस्पतालमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु रहेका छन् । उनीहरुलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हाे। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा…
महिलाको नाममा भू–स्वामित्व बढ्दै
निकासखबर संवाददातारसुवा । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय…
राँगो र भैंसीका बहस गर्न जनताले सांसद बनाएका हैनन्ः सांसद सापकोटा
निकासखबर संवाददाताकाठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भारतबाट राँगो कि भैंसी ल्याइएको भन्ने छुट्याउन नसक्ने सांसदहरूका कारण सांसद र सांसदहरूप्रति नै जनमानसमा गलत सन्देश प्रवाह भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभामा बुधबार आर्थिक वर्ष २०८०र०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै सापकोटाले राँगारभैंसी ल्याइएको विषयमा बहस गर्न जनताले सांसद नजिताएको बताए । प्रतिनिधि सभाको मंगलबारको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले भारत भ्रमणका क्रममा १५ वटा राँगा ल्याउने सम्झौता गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेका थिए । सापकोटाले विपक्षी सांसदहरूतर्फ लक्षित गर्दै भैंसी वा राँगा किन ल्याएको भन्ने विषयमा भन्दा भारतको बिहारबाट भित्रिएर जनताको घरघर…
सुनकोशीमा बेपत्ता भएकाे जिप सँगै दुई जनाकाे शव भेटीयाे
निकासखबर संवाददातासिन्धुली । सुनकोशीमा बेपत्ता भएकाे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) काे जिप र दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीएको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको प्रहरीकाे भनाइ छ ।…

