खबर

म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको चहलपहल
निकासखबर संवाददाता

म्याग्दी ।  म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो । नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको छ । आधार शिविर क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटक आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी…

दार्चुलामा किशोर किशोरी मृत फेला
निकासखबर संवाददाता

दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अड्किएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ। उनको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी…

ओखलढुङगाको ओङडा शेर्पाले गरे २ दिनमा २ पटक लोबुचे हिमाल आरोहण
निकासखबर संवाददाता

सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ओङडा शेर्पाले सोलुखुम्बुस्थित लोबुचे हिमालको आरोहण गरेका छन् । शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो हिमालको सोमबार र मंगलबार २ दिनमा २ पटक हिमालको चुचुरोमा पुग्न सफल भएका हुन् । १० अप्रिलमा हाई माउन्टेन हिमालयन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीबाट र ११ अप्रिल एडभेन्चर एसेन्ट प्रालीको समुहमा दुइ पटक आरोहण गरेका हुन् । उनका साथमा १६ जना विदेशी र ५ जना नेपालीले पनि हिमालको सफल आरोहण गरेका हुन् ।

मुलुकभर वायु प्रदूषण उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह
निकासखबर संवाददाता

काठमाडौं । वातावरण विभागले केही दिनयता काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मुलुकभरका एक सय ४० भन्दा बढी स्थानमा केही दिनदेखि लागेको डढेलो र प्रदूषणका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्यधिक बढेको उल्लेख गर्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको हो । आज विज्ञप्ति जारी गर्दै विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकाले बालबालिका, वृद्धवृद्धा एवम् श्वासप्रश्वास र मुटुका बिरामीहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ । त्यस्तै, प्रदूषणको बढ्दो स्तरका कारण मानवीय स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भएकोले विशेष…

ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर दले मोसो
निकासखबर संवाददाता

जनकपुरधाम । काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो । स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म…