खबर

रास्वपाका सांसदले स्वास्थ्य मन्त्री बन्न दुई करोड घूस मागेको अडिओ सार्वजनिक
निकासखबर संवाददाता

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड घूस मागेको अडिओ सार्वजनिक भएको छ। डा. श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घूस मागेको अडिआयो सार्वजनिक भएको हो । उनले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड चाहिने बताएका छन् । अडिओमा उनले स्वास्थ्य मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेलाई दुई करोड दिनुपर्ने भएकाले पैसा चाहिएको बताएका छन्। त्यसमा व्यवसायी प्रसाईंले सहयोग गर्न तयार रहेको र स्वास्थ्य मन्त्री भएपछि आफूलाई पनि सहयोग गर्नुपर्ने बताएका छन् । सांसद श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री पाउने व्यवसायी प्रसाईंलाई सुनाएका छन्।…

धौलागिरी आधार शिविर गएको हेलिकप्टर सम्पर्कविहिन
निकासखबर संवाददाता

काठमाडौं । म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको हेलिकप्टर सम्पर्कविहीन भएको हो । आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेट आसपासमा सम्पर्कविहिन भएको हो । हेलिकप्टर सम्पर्कविहिन भएको खवर आएपछि खोजीकार्यमा टोली खटिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए। सम्पर्कविहिन भएको जानकारी पाएपछि सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । हेलिकप्टरमा सवार यात्रु सहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। म्याग्दीको धवलागिरि गाउँपालिका–४, मा पर्ने विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ । तत्काल पैदलमार्गबाट जान सम्भव…

सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र चाहिँदैनः मन्त्री मोदी
निकासखबर संवाददाता

उदयपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सत्ता प्राप्तिका लागि हत्याकाण्ड मच्चाउने राजतन्त्र नचाहिने बताएका छन् ।  थारु कल्याणकारी सभा जिल्ला समिति उदयपुरको ९ औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । कोतपर्व, भण्डारखाल पर्वदेखि दरबार हत्याकाण्डसम्म केवल सत्ता प्राप्तिका लागि भएको भन्दै उनले भने, “सत्ता जोगाउन वा सत्ता प्राप्त गर्नका लागि फेरि नयाँ हत्याकाण्ड मच्चाउन हामीलाई राजतन्त्र चाहिएको छैन ।” मन्त्री मोदीले दरबार हत्याकाण्डको मुख्य लक्ष्य पनि सत्ता प्राप्ति भएको बताए । जनताका छोराछोरीले आफ्ना प्रतिनिधि छान्न पाउने व्यवस्थामा मुलुक आइपुगिसकेकाले अब पछाडि फर्किन नसक्ने पनि उनको भनाई थियो । मुलुकलाई प्रतिगमनतिर लैजान खोज्नेहरुले…

भट्टजीकाे घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छः प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले सचिव लेखराज भट्टसँग भेट गरेका छन् । आइतबार सुदुरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन गएको अवसरमा धनगढी गेटास्थित भट्टको घरमा प्रधानमन्त्री प्रचण्ड  पुगेका थिए। भट्टसँग देशको स्थितिको विषयमा सामान्य र राजनीतिक कुराकानी भएको बताउँदै  उनले खासै अजेन्डाको रुपमा छलफल नभएको बताए । प्रचण्डले भट्टको घरलाई आफ्नो पनि घर भएको बताउँदै भनेका थिए–‘ यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’ सो क्रममा उनले भने –‘बाँकी कुरा,…

सामाखुसी यातायात प्रालीद्वारा थप बस सञ्चालन
निकासखबर संवाददाता

काठमाडाैं । सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो । उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरे । उनले स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै थप बस सञ्चालन गरेको बताए । “काठमाडौँ उपत्यकामा यात्रुको अत्यधिक चाप छ, बस थपेसँगै यात्रुलाई सहज हुने विश्वास छ”, उनले भने । प्रालीका अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सानुकाजी प्रजापतिले…