खबर
सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा
निकासखबर संवाददाताकाठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको बताएकी हुन् । सरकारले फजुल खर्च कटौती गर्न लागेको र विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने विश्वास व्यक्त गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको बताइन् । ‘जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी…
दूरसञ्चार मस्यौदाको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन मन्त्री शर्माको आग्रह
निकासखबर संवाददाताकाठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार नियमनका लागि नयाँ विधेयकको मस्यौदा नै तयार नभएको सन्दर्भमा बाहिर आएका कुराबाट भ्रमित नहुन आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले दूरसञ्चार क्षेत्रको नियमनका लागि नयाँ विधेयक मस्यौदा निर्माण गर्न मन्त्रालय जुटेको बताएकी हुन् । ‘मन्त्रिपरिषद्को बैठकले नयाँ ऐन बनाउन मिल्ने भनेर सैद्धान्तिक स्वीकृति पाइसकेका छौँ । सोही आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार पार्न छलफल गरिरहेका छौँ ।’ आजका दिनसम्म पुरानो ऐनको कुन दफा हटाउने, नयाँ कुन विषय थप्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा मन्त्रालय कुनै निष्कर्ष र निर्णय नगरेको उनको भनाई छ । ‘यो…
पत्रकारहरुका लागि ई पुस्तकालयमा सहयोग गर्ने प्रतिवद्धता
निकासखबर संवाददाताझापा । सामाजिक तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरुले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र मर्यादित हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले शुक्रबार बिर्तामोडमा आयोजना गरेको एक छलफलमा सहभागीले पत्रकारले सत्यतथ्य र खोजमूलक सामग्री सम्प्रेषण गर्नुपर्नेमा समेत जोड दिए । पत्रकारितालाई मर्यादित बनाउन सामाजिक तथा व्यवसायिक संस्थाहरुको भूमिका कस्तो हुनुपर्छ, अपेक्षा र सुझाव के छ भन्ने विषयमा आयोजित छलफलमा सहभागीले निष्ठाको पत्रकारितामा जोड दिएका छन् । उनीहरुले सस्तो लोकप्रियताका लागि गरिने पत्रकारिता र सस्तो प्रचारका लागि गरिने कामलाई मिडियामा निरुत्साहित गरिनुपर्ने बताए । त्यस्तै सञ्चारमाध्यमले गाउँ, दुरदराज र सकारात्मक विषयका समाचारलाई प्राथमिकता दिनुपर्नेमा समेत उनीहरुको सुझाव छ । पत्रकार महासंघ…
दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ : प्रधानमन्त्री प्रचण्ड
निकासखबर संवाददाताकाठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएकमाक छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । “त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले आआफ्नो…
छोरी–बुहारीको शैक्षिक गन्तव्य बन्दै बर्दिबास जनता बहुमुखी क्याम्पस
निकासखबर संवाददातामहोत्तरी । उच्च शिक्षाको रहर पालेका छोरी–बुहारीका लागि महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस शैक्षिक गन्तव्य बन्न थालेको छ । गरिबीका कारण अन्यत्र जान नसकेका र टाढा जान अभिभावकको स्वीकृति नपाएका छोरी–बुहारीले यस कलेजमा उच्च शिक्षाको रहर पूरा गर्न पाएका हुन् । केही वर्षयता स्नातकोत्तर तहको अध्यापन पनि गराउन थालेको यो सामुदायिक कलेज अहिले बर्दिबासमात्रै नभएर औरही, भङ्गाहा, गौशालाका साथै मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट पनि पढ्न आउनेको उल्लेख्य सङ्ख्या छ । केही वर्ष पहिले स्नातक सकेका छोरी–बुहारी पनि स्नातकोत्तर अध्ययनका लागि आउन थालेका छन् । छोरीमात्र नभएर विवाहित बुहारी पनि नजिकमा कलेज भएपछि स्नातकोत्तर गर्न भर्ना भएका क्याम्पसकाका…

