खबर
मानव तस्करीमा जोडिएका एमाले नेताहरूलाई तत्काल पक्राउ गर्न माग
निकासखबर संवाददाताकाठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेताहरूलाई तत्काल पक्राउ गरी छानबिन गर्न सरकारसँग माग गरेका छन् । नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव तोपबहादुर रायमाझीको संलग्नता रहेको खबरहरु सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् । नक्कली भुटानी सराणार्थि बनाइ अमेरिका लैजाने भनी ८७५ जना नेपाली युवाहरूलाई ठुलो गिरोहले करोडौं रकम ठगी गरेको छ । पूर्व गृहमन्त्री राम बहादुर थापा बादलको…
पार्टी पुनर्गठनको उद्घोष गर्दै प्रभाकर कर्णालीमा
निकासखबर संवाददाताकाठमाडौं । पार्टी पुनर्गठनको उद्घोष गर्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर कर्णाली पुगेका छन् । माओवादी पार्टीमा आन्तरिक रुपमा विभिन्न समस्याहरु देखा परेको भन्दै बहस भैरहेको बेला उपमहासचिव ‘प्रभाकर’ ले माओवादीलाई पुनर्गठनबारे सोच्नुपर्ने बेला आएको बताउँदै कर्णली पुगेका हुन् । देश माओवादीकै एजेन्डामा चलिरहेपनि पार्टी कमजोर भइरहेको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने शर्माको भनाइ छ । शुक्रवार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए । ‘पहिले माओवादी भित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौँ,’ उनले भने, ‘पार्टीभित्रको बेरोजगारी अन्त्य गर्नका लागि सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ । यो…
रामेछापमा बोलेरो दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ११ जना घाइते
निकासखबर संवाददातारामेछाप । बिहीबार रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको हो । दुर्घटनामा परि ११ जना घाइते भएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका वडा नं ७ भटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बरको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि सोहि बोलेरोका चालक सहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ र दुर्घटनामा परि मन्थली नगरपालिका ७ भटौलीकी ८२ वर्षीय नन्दमाया भण्डारी, सोही वडाकी ४० वर्षकी ज्ञानदानी तामाङ,…
जसपा नेपालको विधान अधिवेशन सर्याे
निकासखबर संवाददाताकाठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन सरेको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले निर्धारित समयमा विधान अधिवेशन गर्नका लागि आवश्यक तयारी पूरा नभएका कारण विधान अधिवेशन सार्नुपर्ने जानकारी दिए । जसपाले यही चैत २६ देखि २८ गतेसम्म अधिवेशन गर्ने तय गरेको थियो । प्रमुख बस्नेतका अनुसार देशमा उपनिर्वाचन भइरहेको र पार्टीको सम्पूर्ण शक्ति उपनिर्वाचनमा लगाउनुपर्ने भएको कारण विधान अधिवेशनका लागि तय गरिएको पूर्व निर्धारित समय परिवर्तन गर्नु परेको हो । जसपाले विधान अधिवेशन जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने जाएको छ ।
कालिञ्चोक गाउँपालिका १ मा मानव कंकाल फेला
निकासखबर संवाददातादोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका १ मा मानव कंकाल फेला परेको छ । दोलखा र सिन्धुपाल्चोकको बीचमा पर्ने भैंसे पात्लेखोलाको माथिल्लो भेगमा शव सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको हो । कालिञ्चोक १ को तीन हजार मिटर उचाईमा पर्ने भैंसे पात्लेखोलाको माथिल्लो भेगमा मानव कंकाल देखेपछि एक पुरुषले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले घटना मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याएर राखेको छ । सो शव कसको हो भन्ने पहिचान हुन सकेको छैन । शव पुरै गलिसकेर कंकाल मात्रै फेला परेको छ भने पहिचान गर्ने आधार उनले लगाएको लुगा र जुत्ता…

